काठमाडौँ, ८ साउन । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्नुभएको छ । उहाँले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गर्नुभएको छ ।
बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ । विशेष पुनर्कजा यथावत राखिएको छ । ब्याजदर पनि यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन् ।
सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । प्राथमिकता प्राप्त कर्जाको सीमा यथावत राखिएको छ । लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पनि पुरानै कामय राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्