काठमाडौँ, १० साउन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयबीच भेटवार्ता भएको छ ।
बिहीबार उपराष्ट्रपति भवन हरितगृहमा भएको उक्त भेटवार्तामा नेपाल चीनबीचको सम्बन्ध, आपसी सहयोग र सहकार्यका बारेमा छलफल भएको जनाएको छ ।
भेटमा उपराष्ट्रपति पुनले औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि नेपाल चीन सम्बन्ध शताब्दीऔं पुरानो भएको बताए । उपराष्ट्रपतिले यूनान प्रान्त नेपालका लागि धेरै महत्वपूर्ण भएको बताउदै उनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई०मा सहभागी हुन पाउनु नेपालको लागि गौरव भएको बताए ।
भेटको क्रममा यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न पाउँदा चीन र यूनान प्रान्त खुशी रहेको बताउदै उनले राष्ट्रपति सिले यूनान प्रान्तलाई दक्षिण एशिया र पूर्वी एशियाका राष्ट्रहरुसँग चीनको सम्बन्धको गन्तव्य बनाउनुपर्ने धारणा लिएको उल्लेख गर्दै सोही बमोजिम काम भइरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्