एजेन्सी, १० साउन । अमेरिकाले फेसबुकमाथि गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले ५ अर्ब डलर जरिवाना तिराउने निर्णय लिएको छ ।
बीबीसीका अनुसार अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ । यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ । उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन ।
कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्