नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको १४ औं महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिमा चार वर्ष कार्यकाल सकिन केही समय मात्र काँकी रहेको भन्दै केन्द्रीय सदस्यहरुले महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको तयारीका विषयमा भएको छलफलमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महाधिवेशनको मिति पहिला तोक्नु पर्ने तर्क गरे । यो समाचार आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्