राजनीति

बाढी प्रभावित क्षेत्रमा काम गर्न सरकारलाई निर्देशन



काठमाडौँ, १३ साउन‌‌ । राष्ट्रियसभा बैठकले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँगको छलफल तथा जानकारीका आधारमा सुझावसहित सो निर्देशन दिएको हो ।

राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष मितिल्सिनाले स्थलगत निरीक्षण भ्रमण प्रतिवेदनका बारेमा जानकारी गराउदै पहिचान गरिएका बाढी तथा डुबानबाट परेको प्रभाव, क्षति, राहत, उद्धार तथा पुनःस्थापनाका सम्बन्धमा उल्लेखित सुझाव कार्यान्वयन गर्न र कार्यान्वयन भएपछि सभामा जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन समेत दिए ।

गत असार २६ गतेदेखि ३० गतेसम्म देशभर परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको थियो ।