समाचार

पूर्वउपसचिवको शर्माकी छोरीलाई लक्षित गरी गोली प्रहार



काठमाडौँ, १४ साउन । काठमाडौँमा पूर्वउपसचिव विष्णुप्रसाद शर्माकी छोरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

गएराति कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको उनको घर बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार शर्माकी १९ वर्षिय छोरीलाई लक्षित गरी गोली प्रहार भएको देखिएको बताए उनले भने, ‘तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली पसेको देखिन्छ, ‘गोली नै प्रहार गर्ने नियतबाट भएको हो कि होइन अनुसन्धान हुँदैछ ।’

उनले कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको छ । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको काठमाडौँ र महानगरीय अपराध महाशाखाले जनाएको छ ।