पाँचथर, १५ साउन । पाँचथरमा जंगली विषालु च्याउ खादा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका-५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।
साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ ।










प्रतिक्रिया दिनुहोस्