भक्तपुर, १५ साउन । भक्तपुरमा दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बोडेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरस्थित बोडेमा कोठामा बस्दै आएका २१ वर्षे जीवन तामाङ र रामेछाप घर भएकी मंगली घिसिङ्ग कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बोडेमा कोठा गरि बस्ने जीवन र रामेछाप बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान गरिएको छ । घरमा श्रीमती हुँदाहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्