राजनीति

ललितानिवास प्रकरणः अख्तियारमा भूमाफियाको बयान



काठमाडौँ, १५ साउन । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिना गर्ने मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उपस्थित भएको छ ।

अख्तियार र ब्युरोले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान अघि बढाएपछि फरार रहेका ‘भूमाफिया’ द्वय ढकाल र सुवेदी बयानका लागि उपस्थित भएका हुन् । अख्तियार र ब्युरोले बयान लिएर आरोपीलाई बोलाएर बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको छ ।

अख्तियार र ब्युरोले ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न साविकका भोगाधिकारी, मालपोतका कर्मचारी र भूमाफिया तथा मन्त्रिपरिषद्का तत्कालीन सदस्यहरुमाथि किर्ते र ठगी कसुरमा अनुसन्धान गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।