राजनीति

म रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ : मन्त्री भट्टराई



काठमाडौँ, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै उनले भने, परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं । उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ।

केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामात्रै प्रतिवद्धता गर्ने बताए । पर्यटनमन्त्री भट्टराईले फूले मन्त्री हुने कुरा बुधबार दिउँसो १ बजेमात्रै थाहा पाएको बताए । ‘प्रधानमन्त्रीले आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्नुभयो । सबै वरिष्ठ नेतासङ्ग रायमा जिम्मेवारी दिनुभएको छ’ उनले भने ।