राजनीति

संसद् खुलाउन प्रयास गरिरहेका छौं : उपनेता नेम्वाङ



काठमाडौँ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद खुलाउन सरकारले सक्दो प्रयास गरीरहेको बताएका छन ।

साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा अस्तिको अवरोधपछि आजसम्म तीन–चार पटक बैठक बसिसकेकोे उनले जानकारी दिए ।

उनले भने, यस सम्बन्धमा हिजो पनि सभामुखसँग मेरो कुराकानी भएको थियो, यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन, राज्य व्यवस्था समितिले ‘टेक अप’ गरेको विषयमा  फेरि संसदीय छानबिन समिति गठन गर्नु उपयुक्त हुन्छ कि हुँदैन रु प्रश्नहरु धेरै छन् ।’