काठमाडौँ, १६ साउन । प्रदेश-१ सरकारले डिजिटल प्रदेश बनाउने अवधारणा स्वीकृत गरेको छ ।
बुधबार विराटनगर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले डिजिटल प्रदेश बनाउने अवधारणा स्वीकृत गरेको हो ।
बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई प्रदेश सभामा पेश गर्ने स्वीकृति समेत दिएको जनाएको छ । सो बैठकले प्रदेश सरकारले कर्मचारीको पदस्थापना तथा सरुवा सम्वन्धित कार्यविधि २०७६ मा संशोधन गरेको छ ।
यसैगरी मन्त्रीपरिषदको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण र साना सिचाई कार्यक्रमको अवधारणा पत्र स्वीकृति गर्ने निर्णय गरेको छ । निर्माण गर्न आयोजना अनुमानित गरेको छ ।










प्रतिक्रिया दिनुहोस्