काठमाडौँ, १७ साउन । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका विभिन्न पदकालागि सरकारले मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले विभिन्न कारणले रिक्त रहेको ५० स्थानको पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्