राजनीति

चौतारोमा बसेर होइन, जनताको घरदैलोमा पुगेर गरिब पहिचान गरिन्छ : मन्त्री अर्याल



काठमाडौँ, १८ साउन । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै चौतारोमा बसेर नभई जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताउनुभएको छ ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रमको सुभारम्भ गर्दै मन्त्री अर्यालले खास गरिबको पहिचान नहुने हो कि भनेर चिन्ता नगर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म स्पष्ट पार्न चाहान्छु, हाम्रो सर्वेक्षण टोलीले खास गरिब पहिचान गर्नुहुनेछ, कसैले चिन्ता नलिनुहोला । प्रविधिधाट गरिबको पहिचान गर्छौं, कसैले ढाट्न मिल्दैन । जनताको जीवनस्तर माथि उठाउन यसले विशेष सहयोग गर्नेछ ।’

उहाँले गुठी विधेयकको पाना नपल्टई विरोधीले जनतालाई भ्रममा पार्ने काम गरेको भन्दै त्यस्ता समुहबाट संयम हुन जनतालाई आग्रह समेत गर्नुभयो । मन्त्री अर्यालले आगामी असोजबाट स्याङ्जामा डिजिटल नापी संचालन हुने जानकारी पनि गराउनुभयो ।

आज सुभारम्भ भएको दोस्रो चरणको गरिब घरपरिवार तथा पहिचानपत्र कार्यक्रममा ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा स्याङ्जालागयत १२ वटा जिल्लाका गरिब पहिचान हुनेछ ।