Banner News

स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै



काठमाडौँ, १८ साउन ।  स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच)मा स्वास्थ्य परीक्षण गर्न सिल्क एयरको उडानबाट आज राति पौने १० बजे सिल्क एयरबाट सिंगापुर जाने कार्यक्रम रहेको छ ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझाव अनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् ।