बागलुङ, २० साउन । नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आइतबार इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार निवासबाटै पक्राउ गरेको थियो ।
गत साउन १६ गते राति सरकारद्वारा प्रतिबन्धित चन्द समूहले बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी आशङ्कामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्