काठमाडौँ, २० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास यसैवर्ष हुने बताएका छन् ।
आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने बताए ।
उनले भने, ‘विमानस्थल निर्माणका सम्बन्धमा उठेका गुनासो सम्बोधन हुन्छन्, कमभन्दा कम वातावरणको क्षति हुन्छ,’ उनले भने, ‘तर विमानस्थल बन्छ ।’
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा केवल टाउको गन्ने काम मात्र नहुने भन्दै पर्यटन विकासको आधार वर्षका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, हाम्रो लागि संख्या महत्वपूर्ण विषय होइन,’ उनी भन्छन्, ‘पूर्वाधार विकासमा हामी केन्द्रित हुन्छौं ।’
मन्त्री पद आफ्ना लागि नयाँ रहेको भन्दै उनले काम गर्दा गल्ती भए सच्याउने मौकाको अपेक्षा गरे ।










प्रतिक्रिया दिनुहोस्