विराटनगर, २० साउन । विप्लव समूहका भोजपुर जिल्ला सदस्य एकराज घिमिरेले पार्टी परित्याग गरी सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच उनले पार्टी परित्याग गरि नेकपाका नेता एवम् प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले पार्टी प्रवेश गराएका हुन् ।
उक्त कार्यक्रमबोल्दै मुख्यमन्त्री राईले जनताको आन्दोलन र बलिदान प्राप्त संविधानको उपलब्धीहरु रक्षा गर्नुपर्ने बेलामा हत्या हिंसा र आतंकको राजनीति संचालन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन ।
मुख्यमन्त्री राइले संविधानबाटै जनताका अधिकारहरुको रक्षा गर्न सकिने अवस्थामा हत्या हिंसाको राजनीति त्यागेर वार्ता र सम्वादबाटै समाधान निकाल्न आग्रह समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्