समाचार

मेघगर्जनसहित पानी पर्ने सम्भावना



काठमाडौँ, २० साउन । अबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ (नेपालतर्फ) सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद बासीले जानकारी दिनुभयो । साथै पूर्व र पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार राति देशभर सामान्य बदली रहने र देशको पश्चिमी, मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।