सम्पादकीय

तराई मधेस समृद्धि कार्यक्रम प्रभावकारी



तराई मधेसका २१ जिल्लाका २७६ स्थानीय तहमा सरकारले गत वर्षबाट सुरु गरेको तराई मधेस समृद्धि कार्यक्रम भौतिक पूर्वाधार विस्तारमा केन्द्रित भएको छ ।

तराई मधेसका कतिपय स्थानीय तह मानव विकासको सूचकांकमा तुलनात्मक रुपमा अन्य स्थानीय तहभन्दा पछाडि परेकाले सरकारले भौतिक पूर्वाधार विकासलाई समानुपातिक रुपमा अगाडि बढाउन गत वर्षदेखि तराई मधेस समृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइका अनुसार सरकारले सञ्चालन गरेको उक्त कार्यक्रमबाट ४५० वटा सामूहिक आवास भवन निर्माण भएका छन् ।

यसैगरी विद्यालय भवन, प्रसूति केन्द्र, स्वास्थ्य चौकी, बालविकास केन्द्रका भवनलगायत सामुदायिक पूर्वाधारका भवन १८१ वटा बनेका छन् । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।