काठमाडौँ, २१ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीबीच वार्षिक करार सम्झौता भएको छ ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको छन ।
उनले भने, ‘मुलुकको आवश्यकता र जनताको अपेक्षा परिणाममा देखिने गरी काम हुनुपर्छ, ‘काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारको लक्ष्य पूरा हुन सक्दैन ।’
मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको बताए ।










प्रतिक्रिया दिनुहोस्