Banner News

प्रधामन्त्री ओलीद्वारा स्वराजको निधनप्रति दु:ख व्यक्त



काठमाडौँ, २२ साउन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीद्वारा भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त समाचाले आफू स्तब्ध भएको बताउँदै भन्नुभएको छ, ‘म सम्झन्छु कि उहाँले मलाई आत्मीयताका साथ भाइ भनेर बोलाउने र आत्मीयता साथ भावना व्यक्त गर्ने क्षमतावान नेता हुनुहुन्थ्यो ।’