राजनीति

ललिता निवास जग्गा प्रकरणमा अनुशन्धानको काम भैरहेको छ : मन्त्री अर्याल



काठमाडौँ, २३ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा छानबिन तथा अनुशन्धानको काम भैरहेको बताएकी छन ।

काठमाडौँमा आयोजित एक साक्षात्कारमा कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको गरिरहेको र उक्त प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छन ।

अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी तीनवटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको बताउदै उनले भनिन,  ‘सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन् ।’ ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ ।’

नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा रहेको कुराबारे टिप्पणी गर्दै उनले पार्टीले भाडा तिरेर बसेको बताउदै  उनले भनिन, ‘पार्टीले निश्चित् शुल्क तिरेर बसेको छ । यो प्रकृतिको जग्गा लिज सिष्टममा जानको लागि पत्राचार भैसकेको छ । यदि लिज सिष्टममा गएन भने भोगाधिकार अन्त्य हुन्छ ।’