समाचार

महिला आधारसिला : हिंसामा परेका महिला, बालबालिकालाई उद्धारसँगै रोजगारी



काठमाडौँ, २३ साउन । काठमाडौँमा हराएकी छोरीको खोजीमा भौंतारी हिडेका दम्पतीको सहयोग गर्ने क्रममा हिंसामा परेका महिला, बालबालिकालाई उद्धार गर्ने संस्था महिला आधारसिलाले आफ्नो स्थापना लामो समयसँगै पिडितलाई न्यायको अनुभुति गराउँदै आम पिडित नागरिकको सारथि बन्न सफल भएको छ ।

जत्तिबेला हामी पद्मकन्या कलेजमा पढ्दैथियौं, ६ महिनासम्म ति बालिकाको खोजीमा हिड्दा, राजनीतिक दलका नेता, सङ्घ संस्था, व्यक्ति, व्यक्तिको ढोकामा पुग्नुप¥यो । त्यस यात्रामा पो दुनियाँ देखियो, चिनियो त । त्यसभन्दा अगाडी त आमा बुवाको खर्चमा पढ्दैथियौं, बाहिरी संसारमा मान्छेले कति हण्डर, ठक्कर खाएर बाँच्नुपर्ने रहेछ भन्नेसम्म थाह थिएन, भन्दै महिला आधारशिलाका महासचिव कमला उप्रेती अनुभव सुनाउनुहुन्छ ।

डाक्टरका घरमा काम गर्न भनी गाउँबाट ल्याइएकी बालिकालाई उनका आमाबुवाले खोज्न आउँदा तिम्री छोरी हराई भन्ने जवाफले चिन्तित दम्पती पद्मकन्या कलेजमा आईपुगे । केहीले जिस्काए पनि तिम्रो छोरी हामी नै हौं, भनेर । तर मलगायत मेरा दुईतीन जना साथीले त्यस कुरालाई गम्भिरताका साथ लियौं र तिनको सहयोग गर्ने लक्ष्य बनायौं । राजधानीमा उनलाई कहाँ कहाँ मात्र खोज्ने ? डाक्टरको घरमा काम गर्न भनेर ल्याइएकी बालिका हरायो भनेर गैर जिम्मेवारपूर्ण जवाफ दिने डाक्टरकै घरमा जाँदा हामीलाई पनि वेवास्ता गरेपछि नेता, मन्त्रिको निवासस्थान धायौं । त्यहाँ पनि अँ अस्ती हाम्रोमा काम गर्ने पनि हरायो, भन्ने जस्ता जवाफ पो आउँछ । धनले धनी हुदैमा गरिबलाई काममा राख्ने र तिनीहरू कहाँ गएसम्मको जवाफ नदिई हरायो भनेर हल्का गैरजिम्मेवारपूर्ण जवाफ दिएको देखेर नेता भन्नेहरू भाषण राम्रा गर्दारहेछन् व्यवहार भने कुरासँग मेल खाने हु््न्नरहेछ भन्ने लाग्यो महासविच उप्रेती भन्नुहुन्छ ।

त्यसपछि ति बालिका खोज्नेक्रममा हरेक दिन साथीहरू थपिदैं गए । खोज्दै हिड्दा पुलिस अफिसरको घरमा कपाल पनि वोईजकट काटेको अवस्थामा बालिका भेटिइन । उनका आमाबुवालाई जिम्मा लगाएपछि यस वर्गका लागि केही गर्नुपर्छ भन्ने सोच आयो । खोज्दै हिड्दा त पाईदोरहेछ भन्ने अनुभव पनि भयो । गरे के नहुदोरहेछ र ?

यत्रो सहरमा कहाँ भेटिन्छ र भनेर लत्तो छाडेको भए ति बालिका पनि भेटिने थिएन । हाम्रो लक्ष्य पनि तय हुने थिएन भन्नुहुन्छ उहाँ ।  हिंसामा परेका, साहाराविहीनका लागि संरक्षण गरौं भनेर महिला आधारशिला त खडा ग¥यौं । उनीहरूको उद्धार सुरू भएपछि खाना लाउन, उपचार, बासका लागि पैसा त चाहियो । महिलासँग प्रायः बालबालिका पनि हुने, बाटोघाटोमा अलपत्र बालबालिका पनि यौनजन्य हिंसामा पर्ने जोखिम हुने भएकोले तिनलाई पनि ल्याउन थाल्यौं । संरक्षणको अभिभारा सजिलो त रहेनछ । सधैं चन्दाले मात्र पनि नधान्ने भएपछि महिलालाई रोजगार बनाउने उद्देश्यले रेशम, उलनलगायत विभिन्न कच्चापदार्थबाट पछयौरा, सल बुन्न थालेको आधारशिलाका अध्यक्ष रेनु शर्मा बताउनुहुन्छ । त्यहीकामबाट आत्मनिर्भर भयौँ । जोरपाटी पाटीटारमा अहिले सयौं महिला सल बुन्ने, रङ्गरोगन, बुट्टा भर्ने, छेउ बाट्ने, आइरनलगायत सल बनाउने १७ प्रोसेसमा पोख्त छन् । संस्थाको संरक्षणमा रहेका र बाहिरका महिलाले पनि त्यहाँ काम पाएका छन् । केही पुरूष बाहेक सबै महिला कामदारले महिला आधारशिलामा काम गर्दछन् ।

आधारशिलाका शाखा भक्तपुर, काभे्र, सुनसरी, मोरङ, झापालगायत ११ जिल्लामा छन् । काठमाडौँ, भक्तपुरलगायत अन्य जिल्लामा भने हिंसापीडितलाई उद्धार संरक्षण मात्र गरिन्छन् । यसले विकासको आधार, महिला रोजगार नारा तय गरेर रोजगारीलाई पहिलो लक्ष्य बनाएको छ ।