समाचार

पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने



काठमाडौँ, २३ साउन । काठमाडौँमा चर्चित पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने भएको छ ।

शुक्रबारदेखि लागु हुने राईड सेयरिङ एप पठाओले पहिलो चरणमा करिब तीन सय ट्याक्सीमार्फत सेवा दिन लागिएको हो ।

काठमाडौँ मोबाईलमा पठाओको एप डाउनलोड गरेका सर्वसाधारणले आफूले चाहेको ठाउँमा शुक्रबारदेखि ट्याक्सी बोलाउन सक्नेछन् । काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट आफूलाई जानुपर्ने गन्तब्य उल्लेख गरेर आग्रह गरिएपछि नजिकैको ट्याक्सी आईपुग्छ ।

यात्रु ट्याक्सीमा चढेपछि मात्रै बिल चढ्न सुरु हुने कम्पनीले जनाएको छ । ट्याक्सी सेवाको भाडा सरकारले तोके बमोजिम नै हुने बताइएको छ ।