विश्व

राजकीय सम्मानका साथ सुष्मा स्वराजको अन्त्येष्टि



एजेन्सी, २३ साउन । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पूर्वविदेशमन्त्री स्वराजकी छोरी बाँसुरीले लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् ।

उक्त अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।