समाचार

आजको मौसम



काठमाडौँ, २३ साउन । बिहीबार देशका धेरैजसो भूभागको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका धेरैजसो ठाउँको मौसम बदली हुने र पूर्व मध्य तथा पश्चिमका थोरै चट्याङ्ग सहित पानी पर्ने सम्भावना छ । राति पश्चिमी क्षेत्रको केही भूभागमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।