काठमाडौँ, २४ साउन । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत ६ लाख ७५ हजार घूससहित अख्तियारले रंगेहात पक्राउ गरको छ । कोइरालालाई बिहीबार घूस रकमसहित दरबारमार्गस्थित शेर्पामलबाट पक्राउ गरेको अख्तियारले बताएको छ ।
अख्तियारका अनुसार जोरपाटीको स्तुपा कलेजका विद्यार्थीहरुबाट घुस लिएका पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ परेका हुन् । उनले स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घूस लिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्