तनहुँ, २५ साउन । तनहुँमा एक महिला र बालकको शव फेला परेको छ ।
शुक्रबार देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाबारे थप अनुसन्धानभईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्