एजेन्सी, २५ साउन । भारतको दक्षिण राज्य केरलामा आएको बाढीमा परी कम्तीमा २० को मृत्यु भएको छ ।
गएको २४ घण्टाभित्र बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार बताएका छन् ।
बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्