एजेन्सी, २५ साउन । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज इन्डियो एयरको उडानबाट श्रीनगर जान लागेका उनलाई सोही विमानस्थलबाट प्रहरी नियन्त्रणमा लिएको बताएको छ ।
येचुरीले पार्टीको लेटरहेडमा जम्मु-कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए । उक्त पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता (भाकपा) नेता डी राजा, माकपा नेता युसुफ तरीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्