एजेन्सी, २५ साउन । भारतका पूर्ववित्तमन्त्री एवम् भाजपाका वरिष्ठ नेता अरुण जेटली अस्पताल भर्ना भएका छन् ।
स्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्सको आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।
एम्स अस्पतालले विज्ञप्ति जारी गरी बिभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ । साथै उनको अवस्था स्थीर र ब्लड प्रेसर सामान्य छ ।
जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल गएका थिए । मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्