भक्तपुर, २६ साउन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत सहितको टोलीले डोलेश्वर मन्दिरको दर्शन तथा अवलोकन गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित केदार नाथको शिर डोलेश्वर भक्तपुर जिल्ला सिपाडोलमा अबस्थित भोले बाबा महादेवको प्रशिद्ध मन्दिरमा शनिबार केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा साउन १ गते देखी शुरु भएको श्रवणी मेलाको अवसरमा उक्त टोलीले दर्शन तथा अवलोकन गरेको हो ।

धर्म, संस्कृती, कला, परम्पराको जगेर्ना गर्दै भक्तपुरको आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ उक्त स्थानमा दर्शन तथा अवलोकन गरिएको हो । लाखौ भक्तजनको भिड लाग्ने गरेको उक्त मन्दिर काठमाडौँ उपत्यकाका मात्र नभई देश तथा विदेशी पर्यटकहरुको समेत घुईचो लाग्ने गरेको छ ।














प्रतिक्रिया दिनुहोस्