Banner News

इतिहासको जति राम्रो अन्वेषण हुन्छ, त्यति नै राष्ट्र समृद्ध बन्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको जति अन्वेषण गर्नसक्यो राष्ट्र त्यति नै समृद्ध बन्ने बताउनुभएको छ ।

हिलिहाङ फाउन्डेसनद्वारा ललितपुरको खुमलटारमा आयोजित हर्कबहादुर योङ्हाङ, लिम्बूद्वारा लिखित ‘हिलिहाङ इन द हिस्टोरी अफ नेपाल’ पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देश नेपालमा विशाल संस्कृति रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “इतिहासको जति राम्रो अन्वेषण हुन्छ, वर्तमानमा राष्ट्र त्यति नै समृद्ध बन्छ ।”

अझ धेरै अध्ययन र अन्वेषण गरी हाम्रो पुस्तालाई दीक्षित गर्दै भावी पुस्ताका लागि जानकारी दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।