समाचार

नयाँबानेश्वरमा विजुलीको पोलमा आगलागी



काठमाडौँ, २७ साउन । काठमाडौँ नयाँबानेश्वर चोक नजिकै विजुलीको पोलमा आगलागी भएको छ ।

आज बिहान पानी ट्याङ्कीको बाँया पट्टीको पोलमा विद्युत् सर्ट भई आगलागी हुदा कुनै क्षति नभएको र उक्त आगलागी प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

बढी विद्युत्भार र अव्यवस्थित तारका कारण विजुलीका पोलमा आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।