काठमाडौँ, २७ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन ।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरेका हुन ।
उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको बताउदै त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पु¥याउनुपर्ने मन्त्री पोखरेलको भनाई छ ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको बताउदै युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दावी समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्