राजनीति

हरेक क्षेत्रको योगदान नै समाज परिवर्तनको माध्यम हो : मन्त्रि भट्टराई



भक्तपुर, २७ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रि योगश भट्टराईले हरेक क्षेत्रको समाजप्रतिको योगदान नै समाज परिवर्तनको माध्यम रहेको बताएका छन ।

सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्दै मन्त्रि भटराईले धार्मिक, प्राकृतिक देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताए ।

शिर डोलेश्वर मन्दिरका धार्मिक तीर्थस्थलका रुपमा विकास हुँनु राम्रो भएको बताउदै मन्त्रि भटराईले मन्दिरलाई तीनै तहको सरकारले सँगै मिलेर अझैं राम्रो बनाउने तर्फ सबैको सहयोग हुनुपर्ने बताए ।

उक्त डोलेश्वर मन्दिर आउँदा साँघुरो सडकलाई फराकिलो बनाउन र यो क्षेत्रका विभिन्न समस्याको पहिचान गरी त्यसको समाधानतर्फ मन्दिर ब्यवस्थापन समितिले भक्तजनका लागि सहज बनाउनुपर्नेमा जोड दिए ।

विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्दै आएको छ । मेलामा नेपालका बिभिन्न जिल्लाका अलवा भारतबाट समेत ठुलो संख्यामा भक्तजनहरु दर्शनका लागि आउँने गर्दछन् ।