सम्पादकीय

अधिकांश म्यानपावर बन्द हुने अवस्थामा, २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने



सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अबस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अवस्थामा देखिएका छन्।

सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको छ । यसैको प्रभावस्वरुप मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदारमात्रै घटेका छैनन्, स्थानीय म्यानपावर एजेन्सीहरु पनि बन्द हुने अबस्थामा पुगेका छन् ।

सरकारले पनि म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै विभिन्न प्रावधान ल्याएर कडाइ गर्दै गइरहेको छ । गत आर्थिक वर्षमा मुलुकका १ हजार ८१ म्यानपावर कम्पनीमध्ये आधा जति म्यानपावरले एकसय भन्दा बढी कामदारलाई विदेश पठाउन नसकेको पाइएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।