काठमाडौँ, २८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माण गरिरहेको बताएका छन ।
सोमबार काठमाडौँमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले लुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दावी पनि गरे ।
मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पु¥याएको पनि स्पष्ट पारे ।
उनले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने पनि बताए ।










प्रतिक्रिया दिनुहोस्