काठमाडौँ, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा एकजना जनप्रतिनिधिका छोरालाई घुससहित रङ्गेहात पक्राउ गरेको छ ।
भंगहा नगरपालिकाका वडा नम्बर ८ का वडा सदस्य कारी साहले आफ्नो छोरा मुकेश साह मार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाइ जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै पक्राउ गरेको अख्तियारले जनाएको छ । सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ लिन पठाएको रहस्य समेत खुलेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्