काठमाडौँ, २९ साउन । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका ७ मा पानी तान्ने मोटर चलाएर पक्की घर सरसफाई गर्ने क्रममा मासु पसल व्यवसायी ३८ वर्षीय नुरमहम्मद देवानको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्