Banner News

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य : मन्त्री भट्टराई



काठमाडौँ, २९ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताएका छन ।

आज मन्त्रालयमा बधाई दिन पुगेका नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताए ।

उनले भने, ‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ, पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’