काठमाडौँ, ३० साउन । काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बालाजुमा ना४ख१४७९ नम्बरको ट्रकले ठक्कर दिदा ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको हो ।
ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्