काठमाडौँ, ३० साउन । मेगा बैंकले आर्थिक वर्ष २०७५र७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गरेको हो ।
२०७५ को असार मशान्तको तुलनामा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्