एजेन्सी, ३० साउन । रुसमा रकेट इन्जिन विस्फोट हुदा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ ।
राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् । उक्त घटनामा तीनजना इन्जिनियर घाइते भएका छन् ।
आर्क्टिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो । तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्