राजनीति

ऐजेण्डामा नै प्रवेश नगरीनेकपाको सचिवालय बैठक स्थगित



काठमाडौं, साउन ३० ।प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक केही समय बसेपनि औपचारिक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि आराम गर्नको लागि बैठक भोलिसम्मको लागि स्थगित गरिएको हो’, उहाले भन्नुभयो । उहाका अनुसार विहिवारको बैठकमा महासचिव विष्णु पौडेलको प्रतिवेदनमाथि सामान्य छलफल भएको थियो । तर, पनि बैठक औपचारिक एजेन्डामा भने प्रवेश नगरेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ। स्कुल विभाग प्रमुखको जिम्मेवारीमा विवाद बढ्दै गइरेहको छ। नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये १८ पूर्वएमाले र १४ पूर्वमाओवादीको भागमा परेको छ।