समाचार

एक महिला मृत अवस्थामा फेला



गुल्मी, ३१ साउन । जैमिनी नगरपालिका-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल बिहीबार मृत फेला परेकी छन् ।

नगरपालिका-४ स्थायी घर भइ हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।