काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पूनः स्थगीत भएको छ ।
प्रधान्मन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक केही समय बसेपनि औपचारिक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो । सचिवालय बैठक भोलि शुक्रबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।
नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ । स्कुल विभाग प्रमुखको जिम्मेवारीमा विवाद बढ्दै गइरेहको छ । नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये १८ पूर्वएमाले र १४ पूर्वमाओवादीको भागमा परेको छ। दुवै पक्षको दाबीका कारण विवादमा रहेको स्कुल विभागको नेतृत्वबारे नेकपाको नेतृत्व अहिलेसम्म अनिर्णित नै छ ।










प्रतिक्रिया दिनुहोस्