एजेन्सी, ३१ साउन । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ ।
बिहीबार बिहान यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए ।
जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सिन्ह्वा समाचार समितिले विमानस्थलमा नै विमान आकस्मिक अवतरण गरेको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्