गुल्मी, ३२ साउन । पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली गुल्मीको सत्यवतीका पहिरो पीडितहरुको लागि राहत लिएर तेस्रो पटक प्रभावित क्षेत्रमा पुगेका छन् ।
शुक्रबार मन्त्री ज्ञवालीसहित बिभिन्न संघसंस्थाका प्रमुखहरु राहत १२० वटा सेट किचन किड ९४६ वटा आइटम भएका सामाग्रीसहित पहिरो प्रभावित क्षेत्र पुगेका हुन् ।
पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० जना प्रभावितलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ ।
रोटरी क्लवमार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट, एक क्वीन्टल चिउरा, ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्